गाडीको उकालो चढ्ने क्षमता

नेपालको पहाडी र ग्रामीण सडकहरूको जटिल भूबनोटलाई ध्यानमा राख्दै नयाँ निर्देशिकाले सवारी साधनको उकालो चढ्ने क्षमता (ग्रेडेबिलिटी) सम्बन्धी स्पष्ट मापदण्ड तोकेको छ।

यसले ठाडो उकालोहरूमा गाडीको कार्यक्षमता र सुरक्षा सुनिश्चित गर्नेछ।

मस्यौदाअनुसार, अब नेपाल आउने यात्रुवाहक कारहरूका लागि २५ देखि ३० प्रतिशतसम्मको उकालो चढ्ने क्षमता हुनुपर्नेछ।

त्यसैगरी, मालवाहक ट्रकहरूका लागि २० देखि ४० प्रतिशतसम्मको उकालो चढ्ने क्षमता अनिवार्य गरिएको छ।

यी मापदण्डहरू अन्तर्राष्ट्रिय मानक अनुसार ‘ग्रेडियन्ट ट्र्याक’ (उकालो चढ्ने विशेष मार्ग) वा ‘डाइनामोमिटर’ उपकरणको प्रयोग गरी परीक्षण र प्रमाणित गरिएपछि मात्र नेपाल आयात गर्न अनुमति दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *