भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड ‘एम्पीयर’ नेपाल भित्रिएको दुई महिना पछि पोखरामा पनि आधिकारिक रूपमा बिक्री–वितरण सुरु भएको छ।
नेपालका लागि आधिकारिक वितरक श्री एसटीसी अटोसोलुसनले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिलाई डिलर नियुक्त गरी वैशाख ३१ गतेदेखि ‘एम्पीयर नेक्सस ईएक्स’ को बिक्री सुरु गरेको हो।
१५ वर्ष लामो अनुभव भएको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित यस स्कुटरमा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट आवरको सुरक्षित एलएफपी (LFP) ब्याट्री प्रयोग गरिएको छ।
एक पटक पूरा चार्ज गर्दा १३६ किलोमिटरसम्म गुड्ने यो स्कुटर घरमै साढे ३ घण्टामा चार्ज गर्न सकिन्छ भने यसको ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरको वारेन्टी दिइएको छ।
माइनस ४० देखि ६० डिग्रीसम्म चल्न सक्ने मजबुत बनावट, रिभर्स मोड सहित ५ वटा राइडिङ मोड र डिस्क ब्रेक जस्ता आधुनिक फिचरयुक्त यस स्कुटरको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।