टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सञ्चालन गरिरहेको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ को आज (जेठ ३ गते) अन्तिम दिन रहेको छ।
ग्राहकहरूलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री विद्युतीय सवारी साधन (EV) तर्फ आकर्षित गर्ने उद्देश्यले जेठ १ गतेदेखि यो विशेष क्याम्प आयोजना गरिएको हो।
यस क्याम्प अन्तर्गत गाडी साटफेर गर्दा ग्राहकले आकर्षक नगद छुट, गाडीको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, र आकर्षक एक्सेसरिज जस्ता सुविधाहरू पाउनेछन्।
यसका साथै नयाँ गाडी किन्ने ग्राहकलाई निःशुल्क वार्षिक सवारी कर भुक्तानी र घरमै चार्जर जडान (Home Charging) गरिदिने सुविधा समेत कम्पनीले उपलब्ध गराएको छ।
यो योजनामा टाटाका चर्चित इलेक्ट्रिक (EV) र इन्धनबाट चल्ने (ICE) दुवै सेगमेन्टका गाडीहरू उपलब्ध छन्, जसको मूल्याङ्कन सिप्रदी एस्योर्ड प्रालिले गर्नेछ।