दिपल S05 गुणस्तरमा पहिलो

दिपल S05 ले जेडी पावर २०२६ को गुणस्तर जाँचमा इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ।

चीनको प्रतिष्ठित जेडी पावर एनईभी क्वालिटी स्टडीमा यस गाडीले प्युअर इलेक्ट्रिकतर्फ नम्बर १ स्थान पाएको हो।

विश्वका ७० भन्दा बढी देशमा सफल सावित भएको यो गाडी चीनबाट निर्यात हुने उत्कृष्ट इभीमध्ये एक मानिन्छ।

नेपाली बजारमा समेत उपलब्ध यस एसयुभीले ९९ किलोवाटको मोटर र ४०५ किलोमिटरको रेन्ज प्रदान गर्दछ।

जेडी पावरले ८१ सहरका २१ हजारभन्दा बढी गाडी धनीहरूको वास्तविक प्रतिक्रियाका आधारमा यो नतिजा सार्वजनिक गरेको हो।

सफ्टवेयर र प्रविधिको बढ्दो चुनौतीका बीच दिपल S05 ले आफ्नो बलियो इन्जिनियरिङ र निर्माण गुणस्तर प्रमाणित गरेको छ।

यस उपलब्धिले भरपर्दो र आधुनिक विद्युतीय गाडी खोजिरहेका नेपाली ग्राहकहरूमाझ दिपलप्रतिको विश्वास थप बढाउने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *