Skip to content
चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म ‘चितवन अटो शो’ आयोजना हुने भएको छ।
चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनले संयुक्त रूपमा यो प्रदर्शनी गर्न लागेका हुन्।
भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा हुने यस कार्यक्रमको तयारी अहिले तीव्र गतिमा भइरहेको संयोजक राजन पियाले जानकारी दिए।
अटो शोमा नेपालमा उपलब्ध प्रायः सबै ब्रान्डका दुई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी कमर्सियल सवारी साधनहरू प्रदर्शन गरिनेछ।

प्रदर्शनीमा सवारी साधनका साथै बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अटोमोबाइलका पार्टपूर्जाहरूका गरी करिब १०० वटा स्टलहरू रहनेछन्।
यस कार्यक्रमले अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरूलाई नजिकबाट हेर्ने र बुझ्ने राम्रो अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
अटो शोलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले ग्राहकका लागि आकर्षक अफर र छुटका योजनाहरू समेत ल्याउने तयारी गरेका छन्।
Post Views: 156