Skip to content
कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुल ढाँचा स्वीकृत नहुँदा रोकिएको छ।
गत वर्ष आएको बाढीले गाइडबन्ड (बाँध) भत्काएपछि नयाँ डिजाइन आवश्यक परे पनि स्वीकृति नहुँदा काम अघि बढ्न सकेको छैन।
आयोजना प्रमुख नेत्र देवकोटाका अनुसार अस्थायी रूपमा बाँध बनाइए पनि स्थायी निर्माणका लागि नयाँ ढाँचा अझै स्वीकृत भएको छैन।
बाढी जोखिमका कारण सरकारले उक्त क्षेत्र संकटग्रस्त घोषणा गरी केही समय सेनाबाट अस्थायी काम गराएको थियो।

ढाँचा स्वीकृत भएपछि पुरानै ठेकेदारले काम गर्ने वा नयाँ ठेक्का दिने भन्ने निर्णय गरिने जनाइएको छ।
पहिले ठूलो ढुंगा प्रयोग गर्ने योजना असफल भएपछि नयाँ प्रविधि प्रयोग गरी डिजाइन परिवर्तन गरिएको थियो।
निर्माण कम्पनीले भेरिएसन अर्डर नपाएको भन्दै ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
कम्पनीका अनुसार आवश्यक स्वीकृति र बजेट समयमै पाएको भए पुल निर्माण सकिन्थ्यो।
करिब ३ अर्ब ६६ करोड लागतको यो पुल २०७४ मा सुरु गरिएको थियो र अहिले अधिकांश काम सम्पन्न भइसकेको छ।
ढिलाइका कारण गाइडबन्ड र सम्बन्धित संरचना निर्माण अझै अधुरो रहेको छ।
Post Views: 76