प्रदूषण बढेपछि प्रहरीको आग्रह

काठमाडौंसहित प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर बढेपछि नागरिकलाई सावधानी अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको जनाएको छ।

प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्कन र सकेसम्म सवारीसाधन कम प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ।

सवारीसाधन साझा गरेर प्रयोग गर्न, वरिपरि फोहर नजलाउन र प्रदूषण धेरै भएको बेला बाहिरी गतिविधि कम गर्न पनि प्रहरीले सुझाव दिएको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन भनिएको छ।

बाहिर निस्कनु परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न र स्वास्थ्यमा समस्या देखिए तुरुन्त नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

मौसम परिवर्तनका कारण पछिल्लो समय काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा प्रदूषणको मात्रा बढ्दै गएको भन्दै स्वास्थ्यप्रति सचेत रहन सबैलाई अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *