Skip to content
इनड्राइभले नेपालमा आफ्ना चालक साझेदारहरूको मेहनत र समर्पणको सम्मान गर्न “प्लेटिनम ड्राइभर्स गिभअवे” अभियान सुरु गरेको छ।
अघिल्लो संस्करणको सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै, यस पटकको अभियान अझ परिस्कृत र आकर्षक बनाइएको छ।
ग्रान्ड पुरस्कारमा टाटा एक्सप्रेस–टी ईभी कार, याडिया भेलाक्स ईभी स्कूटर, सामसङ स्मार्टफोन र स्टेकेसन प्याकेज समावेश छन्।
चालकहरूले अभियानमा सहभागी हुन फेब्रुअरी २३ देखि मार्च १ सम्म न्यूनतम ४५ सवारी पूरा गर्नुपर्ने छ।
मार्च २ देखि २९ सम्म साप्ताहिक चुनौतीहरूमा भाग लिएर विशेष पुरस्कार जित्ने मौका पनि पाइनेछ।
अभियानको तीन हप्तासम्मका चुनौतीहरू पूरा गर्ने चालकहरू ग्रान्ड प्राइजको लागि योग्य हुनेछन्, र विजेताको घोषणा २ अप्रिलमा गरिनेछ।
इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले चालक साझेदारहरूको योगदान र समर्पणलाई सम्मान गर्ने अभियानको महत्व बताए।
अभियानले चालक साझेदारहरूको सशक्तिकरण, सम्मान र दीर्घकालीन संलग्नता बढाउने उद्देश्य राखेको छ।
चालक साझेदारहरूलाई सक्रिय रहन र उत्कृष्ट सेवा दिन प्रेरित गर्दै रोमाञ्चक पुरस्कार जित्ने अवसर उपलब्ध गराइएको छ।
Post Views: 140