एम्पियरले नेपालमा ‘दोस्रो इनिङ’

भारतीय इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी बनाउने एम्पियर ब्रान्ड ले नेपाली बजारमा फेरि बलियो उपस्थिती बनाउने लक्ष्यसहित आफ्नो सेवा र उत्पादन विस्तारको ‘दोस्रो इनिङ’ सुरु गरेको जनाएको छ।

कम्पनीले अघिल्लो समयमा आएका समस्यालाई सुधार्दै नयाँ प्रविधिका उत्पादनहरु ल्याउने र ग्राहकको विश्वास जित्ने प्रतिवद्धता व्यक्त गरेको छ।

एम्पियरका प्रतिनिधिहरुले नेपाललाई महत्वपूर्ण बजार मान्ने र सर्भिस क्याम्प, ग्राहक संलग्नता जस्ता कार्यक्रममार्फत् पुराना ग्राहकसमेतलाई राम्रो अनुभव दिन प्रयास गर्ने पनि बताएका छन्।

कम्पनीले लिथियम फोस्फेट ब्याट्री, डुअल फ्रेम च्यासिस र अन्य उन्नत सुविधासहितका स्कुटरहरु प्रस्तुत गर्दै प्रतिस्पर्धामा पेट्रोल सवारीसाधनलाई चुनौती दिने सोच राखेको छ।

एम्पियरले नेपालमा ब्रान्ड जडान र ग्राहक सचेतना बढाउनेमा केन्द्रित भई बिक्री संख्यामा विस्तार गर्नु अघि गुणस्तर र अनुभवलाई प्राथमिकता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *