खाडी एयरपोर्टमा नेपालीलाई व्यवस्था

खाडी मुलुकका विमानस्थलमा रहने नेपाली मजदूर र यात्रुहरुलाई खाने–बस्ने तथा संकट व्यवस्थापन गर्न नेपाल सरकारले सम्बन्धित विमान कम्पनी र सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र आग्रह सुरु गरेको छ।

सरकारले यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा ‘र्‍यापिड एक्सन टिम’ गठन गरेको पनि जानकारी दिएको छ।

यो निर्णय पश्चिम एसियामा बढ्दो तनाव र केही एयरपोर्टमा नेपालीहरु ट्रान्जिटमा रोकिएपछि लिइएको हो।

सरकारले अब नागरिकका लागि अनलाइन पोर्टलमार्फत् पनि समस्या जानकारी गराउन सकिने व्यवस्था पनि सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *