निर्वाचनमा सवारी पास नलाग्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट निषेधित क्षेत्रमा जान पाउने प्रवेश पास पाएको व्यक्ति निर्वाचनको दिन सवारीसाधन पास नलाग्ने भएको छ।

निर्वाचन आयोगले गृह मन्त्रालयमा पत्राचार गरेर यस्तो व्यवस्था मिलाएको हो र प्राधिकरणको अनुरोधमा निर्णय लिइएको हो।

अब उक्त पास पाएका व्यक्तिहरुले घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म सवारी पास नलिएको भए पनि सजिलै आउजाउ गर्न पाउनेछन्।

तर आयोगले यी सवारी साधनमा सम्बन्धित व्यक्ति बाहेक अरुलाई ओसारपसार नगर्न पनि अनुरोध गरेको छ, नगरेमा रोक लगाइने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *