चितवन अटोमोवाइल्सको खुल्ला रक्तदान सम्पन्न

चितवन अटोमोवाइल्स एशोसिएसनको ३३औं स्थापना दिवसको अवसरमा “रक्तदान जिवनदान, रक्तदान महादान” भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै चितवन अटोमोवाइल्स एशोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि. को संयूक्त आयोजनामा “खुल्ला रक्तदान कार्यक्रम” दुवै संस्थाका अध्यक्ष द्वय मोहन केसी र कृष्ण प्रसाद काफ्लेको अध्यक्षता, चितवनमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरिञ्जिवी सुवेदीको प्रमुख आतिथ्यतामा ६ जना महिला सहित ६६ जनाले रक्तदान गरी सम्पन्न गरियो ।

खुल्ला रक्तदान कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कुल वहादुर क्षेत्री, चितवन उ. वा. संघका उपाध्यक्ष राजन पिया, कार्यसमिति सदस्य विष्णु लम्साल, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक पुष्पलाल श्रेष्ठ, पुर्व अध्यक्ष तथा अटोमोवाईल्स साकोसका संस्थापक अध्यक्ष भिमलाल न्युरे, पुर्व अध्यक्ष क्रमस महसुर पिया, ज्ञानु प्रसाद न्यौपाने, अमृत जोशी, कृष्ण प्रसाद भण्डारि, संस्थाका सल्लाहकार कृष्णकुमार तिवारी, भिम प्रसाद सुवेदि, चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष युवराज ढकाल, चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष इन्द्र प्रसाद रेग्मी, अटो मेकानिकल बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रेम प्रसाद पाण्डे, ब्लड डोनर्स सोसाइटि नेपाल, चितवन साखाका अध्यक्ष एकराज बुर्लाकोटि अतिथि रहनुभएको थियो ।

उक्त कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष मोहन केसीले २०४९ सालमा स्थापना भयको संस्थाका संस्थापक अध्यक्ष स्व. निर कुमार पिया/पदाधिकारि तथा सदस्यहरु, विभिन्न समयमा संस्थालाई नेतृत्व गर्नु हुने पुर्व अध्यक्षहरु प्रति हार्दिक सम्मान तथा आभार प्रकट गर्दै स्वागत मन्तव्य राख्नु भयको कार्यक्रममा प्रमुख अतिथिले सवै वस्तुगत संस्थाहरु मिलि रक्तदान जस्ता मानविय कार्यमा हातेमालो गर्नु पर्ने वताउदै स्वयं रक्तदान गर्नुभएको थियो ।

अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले रक्तदानले सरिरमा कुनै हानि नपुर्याउने हुदा प्रत्येक ३ महिनामा खेर गैरहने रगत दान गर्नु पर्ने वताउनु हुदै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।

संस्थाका दित्तिय उपाध्यक्ष सुमन बर्तौलाले संयोजन गर्नुभएको कार्यक्रम चितवन अटोमोवाइल्स एशोसिएसनका सचिव पुर्णभद्र सापकोटाले संचालन गर्नुभएको थियो ।

साथै सो कार्यक्रममा मनकामना हस्पिटल प्रालिबाट नि: शुल्क कोलस्ट्रोल जाँच पनि गरिएको थियो।

यस कार्यक्रममा सहयोग गर्नुहुने सिद्दिविनायक ईन्टरप्राईजेजका संचालक विश्ववन्धु कलवार, एभ्रिडे सपिंग सेन्टर, मनकामना हस्पिटल प्रालिलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *