वाडा अटो शो स्टल खुल्यो

नाडा (NADA) को प्रस्तुतीमा वेस्टर्न अटोमोबाइल डिलर्स एसोसिएसन (WADA) ले ‘नाडा प्रस्तुत वाडा अटो शो २०२६’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

पहिलो संस्करणको ठूलो सफलतापछि दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।

कार्यक्रम यही चैत १२ देखि १६ गतेसम्म (मार्च २५–२९) पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेलमैदानमा सञ्चालन हुनेछ।

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीका रूपमा आयोजना हुने यस कार्यक्रममा साना, मझौला र ठूला सवारी साधनका साथै टायर, ब्याट्री, लुब्रिकेन्ट्स, पार्टपुर्जा तथा अन्य सहायक सामग्रीसम्बन्धी कम्पनीहरूलाई स्टल बुकिङका लागि आमन्त्रण गरिएको छ।

स्टल/स्थान बुकिङ आज फागुन १२ (फेब्रुअरी २४) देखि फागुन १९ (मार्च ३) सम्म खुला गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि. (GEMS Events) ले गर्नेछ।

स्टल बुकिङसम्बन्धी थप जानकारीका लागि इच्छुक कम्पनी वा संस्थाले eventsgems@gmail.com वा ९८०१५४१५३८ मा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *