रेसुङ्गा उडान घट्यो

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब हवाई उडान हप्तामा केवल तीनपटक मात्रै हुने निर्णय गरिएको छ।

नेपाल वायु सेवा निगमले अघिल्ला तालिका (हप्तामा चार उडान) हटाएर आइतबार, मंगलबार र शनिबार मात्रै उडान गर्ने जानकारी दिएको छ।

निगमसँग हाल ३ वटा ट्विनअटर जहाज मात्र हुँदा समय–समयमा मर्मत आवश्यक पर्नाले उडान तालिका परिवर्तन गरिएको विमानस्थलका प्रमुख सुमन थापाले बताए।

मौसम, भारी हुस्सु र बर्सातका कारण पछिल्ला तीन महिनामा उडान नियमित रूपमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *