काठमाडौं — नेपाली कम्पनी सिप्रदी यात्रीले विकास गरेको इलेक्ट्रिक स्कुटरले देशभरका कठिन टेर्रेनमा ७ हजार किलोमिटर रोड टेस्टिङ पूरा गरेको जानकारी दिइएको छ।
कम्पनीका अनुसार यो परीक्षणमा तराईको समथर सडकदेखि मध्यपहाडी, अफ–रोड र कठिन मार्गहरू समेत समावेश गरिएका छन्, जसले स्कुटरको भूगोलअनुकूल क्षमता परीक्षण गरेको बताइएको छ।
स्कुटर अब नेपाली नयाँ वर्ष नजिकै बजारमा ल्याउने योजना बनाइएको छ र कम्पनीले यसको उत्पादनका लागि आवश्यक प्लान्ट पनि सेट गरिसकेको छ।