यस गाडीको मूल्य ५२.९० लाख तोकिएको छ र शहरी ट्राफिक, लामो यात्रा र विविध सडक अवस्थाका लागि आरामदायी ड्राइभिङ अनुभव दिने दाबी कम्पनीले गरेको छ।
स्कोडा कम्पनीका अनुसार अटोमेटिक गियरबक्सका विभिन्न प्रकार (AMT, CVT, DCT) बीच फरक अनुभव हुन्छ भने रियल अटोमेटिक (टर्क कन्भर्टर) ले स्मूथ, विश्वसनीय र आरामदायी गियर सिफ्टिङ प्रदान गर्छ।
यसले ट्राफिकमा झट्का कम पार्ने र लामो यात्रा तथा पहाडी सडकमा पनि सहज ड्राइभिङ अनुभव दिन सहयोग गर्ने कम्पनीको भनाइ छ।
यो गाडी १.०-लिटर TSI टर्बो पेट्रोल इन्जिन सँग संयोजनमा आएको छ र दैनिक प्रयोगमा समेत सहज र टिकाउ अनुभव दिने उल्लेख गरिएको छ।