सडक विस्तार योजना रोकियो

धुलिखेलदेखि भकुन्डेबेसीसम्मको सडकलाई दुई लेनमा विस्तार गर्ने सरकारले ल्याएको योजना रोकिएको छ।

सडक विभागले ३ अर्ब ८० करोड रुपैयाँ खर्च गरेर विस्तार प्रस्ताव पेस गरेको थियो, तर अर्थ मन्त्रालयले स्रोत अभावको कारण सहमति दिएन। जसले गर्दा चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया अघि नबढ्ने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको २३ किलोमिटर धुलिखेल-भकुन्डेबेसी सडकलाई फराकिलो पार्ने प्रस्ताव अघि बढाइएको थियो।

तर स्रोत सहमति नपाउँदा अहिलेका लागि यो योजना ‘होल्ड’ भएको बताए।

बिपी राजमार्गका अन्य खण्डहरूमा कार्य भइरहेको भए पनि यो विशिष्ट खण्ड अहिले रोकिएको अवस्थामा छ र चालु वर्षमा विस्तारको काम सुरु नहुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *