नेपालका चर्चित अभिनेता अनुप विक्रम शाही र प्रदीप खड्काले दिपल एस०७ ईभी खरिद गरेका छन्।
आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिका कारण दिपल एस०७ नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ, र पछिल्ला डेलिभरीहरूले यो एसयुभी प्रभावशाली व्यक्तिहरूको रोजाइमा परेको पुष्टि गरेको छ।
हालै रिलिज भएको साइन्स–फिक्सन चलचित्र एक्लो लगायत विभिन्न फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेका अभिनेता तथा स्टाइल आइकन प्रदीप खड्काले दिपल एस०७ को फ्युचरिस्टिक डिजाइन र आधुनिक प्रविधिले आफूलाई आकर्षित गरेको बताए।
त्यसैगरी, बलिउड अभिनेता सलमान खानसँग बहुप्रतीक्षित फिल्म ब्याटल अफ गल्वान मा अभिनय गरेर अन्तर्राष्ट्रिय चर्चा कमाएका अनुप विक्रम शाहीले पनि हालै दिपल एस०७ आफ्नो ग्यारेजमा थपेका हुन्।
एमएडब्लु वृद्धिले यी दुई कलाकारलाई दिपल परिवारमा स्वागत गर्न पाउँदा गर्व लागेको जनाएको छ।
कम्पनीका अनुसार कलाकारहरूको स्टाइल आइकन पहिचान र उत्कृष्टताप्रतिको प्रतिबद्धता दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर–रेडी पर्फर्मेन्ससँग मेल खान्छ।
दिपल एस०७ आफ्नो विशिष्ट डिजाइन र दर्जनभन्दा बढी ‘इन्डस्ट्रि–फस्ट’ फिचरका लागि परिचित छ।
जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउटडोर स्पिकरजस्ता सुविधाले यसलाई नेपालकै अग्रणी लक्जरी ईभीका रूपमा स्थापित गरेको छ।