हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ।
कम्पनीले सबै क्रेटा ईभी धनीलाई नजिकको आधिकारिक सर्भिस सेन्टरमा पुगेर ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) अपडेट गराउन आग्रह गरेको छ।
यो अपडेट नेपालका सडक अवस्था र सवारी चलाउने तरिकालाई ध्यानमा राखेर विशेष रूपमा क्यालिब्रेट गरिएको हुन्डाईले जनाएको छ।
अपडेटपछि क्रेटा ईभीको ड्राइभिङ रेञ्जमा सुधार आउने र हालको रेञ्जभन्दा करिब १५ देखि २५ किलोमिटरसम्म थप दूरी तय गर्न सकिने बताइएको छ।
यस सुधारले दैनिक अफिस आवतजावत गर्ने तथा शहरभित्र लामो दूरी यात्रा गर्ने प्रयोगकर्तालाई अझ सहज, भरपर्दो र आत्मविश्वासपूर्ण अनुभव दिने कम्पनीको विश्वास छ।
हुन्डाईले यो अपडेट देशभर फैलिएको आफ्ना आधिकारिक सर्भिस नेटवर्कमार्फत उपलब्ध गराएको छ, जसबाट सबै क्रेटा ईभी ग्राहकले सजिलै सेवा लिन सक्नेछन्।
कम्पनीले आफ्ना सवारी साधनहरू निरन्तर सुधार गर्दै ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव दिन प्रतिबद्ध रहेको जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेशनको एसेम्बली प्लान्ट, बलियो आफ्टर–सेल्स सेवा तथा ६३ भन्दा बढी स्थानमा रहेको ‘रिल्याक्स रिचार्ज नेटवर्क’ को सहारामा हुन्डाई नेपालले दीर्घकालीन ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको बताइएको छ।
Post Views: 87