इनड्राइभको सुरक्षित यात्रा

नेपालका शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग बढ्दै जाँदा, विश्वव्यापी मोबिलिटी प्लेटफर्म inDrive ले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्दै छनोटको स्वतन्त्रतालाई पनि निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।

inDrive ले आफ्ना इन–एप सुरक्षा सुविधाहरू र सचेतना अभियानमार्फत यात्रुअघि, यात्राका क्रममा र यात्रा पछि प्रयोगकर्तालाई सुरक्षित निर्णय लिन सहयोग गरिरहेको छ।

यात्रा अघि सुरक्षा
inDrive ले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि एपमा उपलब्ध चालकको नाम, फोटो र सवारीसाधनको विवरण जाँच गर्न आग्रह गरेको छ।

साथै, यात्राको विवरण विश्वासिला व्यक्तिसँग सेयर गर्न सकिने सुविधाले यात्राको अवस्थाबारे परिवार वा साथीहरूलाई जानकारी दिन मद्दत गर्छ।

यात्राका क्रममा सुरक्षा
यात्राका क्रममा प्रयोगकर्ताले आफ्नो लाइभ लोकेसन सेयर गर्न सक्छन्, जसले यात्रालाई पारदर्शी बनाउँछ।

व्यक्तिगत गोपनीयताका लागि फोन नम्बर नदेखिने ‘मास्क्ड कल’ सुविधा उपलब्ध छ।

कुनै असहज अवस्था वा आपतकालीन परिस्थितिमा इन–एप SOS बटन प्रयोग गरी तुरुन्त सहयोग लिन सकिन्छ।

यात्रा पछि सुरक्षा
यात्रा सम्पन्न भएपछि चालकलाई रेटिङ दिन र प्रतिक्रिया दिन सकिने व्यवस्था गरिएको छ।

यसले सेवा सुधार, जवाफदेहिता र यात्रु–चालक दुवैका लागि सुरक्षित वातावरण बनाउन सहयोग पुर्‍याउँछ।

inDrive नेपालकी कन्ट्री प्रतिनिधि रिता पोखरेलले भनिन्, “नेपालको शहरी यातायात प्रणाली विकसित हुँदै जाँदा सुरक्षा र छनोटको स्वतन्त्रता सँगसँगै अघि बढ्नुपर्छ।

स्पष्ट जानकारी र सहज सुरक्षा उपकरणमार्फत हामी प्रयोगकर्तालाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाइरहेका छौँ।”

inDrive ले सुरक्षा, पारदर्शिता, निष्पक्षता र प्रयोगकर्ताको छनोटको अधिकारलाई केन्द्रमा राख्दै मानव–केन्द्रित मोबिलिटी प्रणाली निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

inDrive बारे
inDrive विश्वव्यापी मोबिलिटी तथा शहरी सेवा प्लेटफर्म हो। यसको एप ४० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ।

राइड–हेलिङसँगै अन्तरशहरी यातायात, डेलिभरी र वित्तीय सेवासमेत प्रदान गर्दै आएको inDrive हाल ४८ देशका १०६५ शहरमा सञ्चालनमा छ।

२०३० सम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *