काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सिजी मोटर्सले आयोजना गरेको मेगा सेल्स एण्ड एक्स्चेन्ज कार्निभल एक दिन थप गरिएको छ।
आइतबारसम्म चल्ने भनिएको कार्निभल अब माघ १९ गते सोमबारसम्म सञ्चालन हुनेछ।
माघ १५ गते बिहीबारदेखि सुरु भएको यस कार्निभलमा हालसम्म ग्राहक र अवलोकनकर्ताको उल्लेखनीय सहभागिता देखिएको सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले बताए।
कार्निभलमा स्मार्ट, एक्सपेङ, डायुन, आयन, रिडारा, किङलोङ र नेटा ब्रान्डका विद्युतीय गाडीहरू प्रदर्शनमा राखिएका छन्।
एउटै स्थानमा विभिन्न ब्रान्डका गाडी हेर्न, एक्स्चेन्ज, टेस्ट ड्राइभ गर्न तथा तुलना गर्न सकिने व्यवस्था गरिएको छ।
आकर्षक छुट र अफरका कारण ग्राहकको चासो बढेको बताइएको छ।
साथै, स्पट फाइनान्स सुविधा उपलब्ध गराउन बैंकहरूको स्टलसमेत राखिएको छ, जसले गाडी खरिद प्रक्रिया अझ सहज बनाएको छ।
Post Views: 160