दाङ्गमा नयाँ डोङफेङ शोरूम

नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा नयाँ, अत्याधुनिक डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ।

राप्ती अटोमार्टसँगको साझेदारीमा सम्पन्न यो कार्यक्रमले पश्चिम नेपालमा इलेक्ट्रिक यातायात विस्तार गर्ने महत्वपूर्ण कदम सावित भएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू उपस्थित थिए।

प्रमुख अतिथिका रूपमा एफएनसिसीआई दाङ्गका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ र विशेष अतिथिका रूपमा डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन उपस्थित थिए।

शोरूम उद्घाटनसँगै स्मार्ट इलेक्ट्रिक SUV नामी भिगोको औपचारिक अनावरण गरिएको छ।

क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ किलोवाट मोटर, ३५० किलोमिटर WLTP रेंज, लेभल–२ एडास, अल्ट्रा-फास्ट चार्जिङ (१८ मिनेटमा ३०–८० %) र आकर्षक डिजाइन विशेषताहरू रहेका छन्।

एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले “टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प” पनि सञ्चालन सुरु गरेका छन्, जसअन्तर्गत ग्राहकहरूले विशेष मूल्यमा नामी भिगो वा सेरेस खरिद गर्न, फास्ट चार्जर र पोर्टेबल चार्जर पाउन, निःशुल्क बीमा लाभ उठाउन सक्नेछन्।

नयाँ शोरूमले बिक्री, सेवा र स्पेयर पार्ट्सका सम्पूर्ण सुविधा प्रदान गर्ने क्षेत्रीय प्रमुख केन्द्रको रूपमा काम गर्नेछ।

दाङ्गवासीहरूलाई उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक सवारी साधन अनुभव गर्न र सीमित अवधिका अफरहरूको लाभ लिन एमएडब्लु वृद्धिले आमन्त्रण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *