Skip to content
‘मेड इन नेपाल’ अवधारणामा तयार गरिएको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमै सडक परीक्षणमा देखिएको छ।
सिप्रदी र यात्री कम्पनीको सहकार्यमा विकास गरिएको यो स्कुटर नुवाकोट आसपासको क्षेत्रमा परीक्षण गरिँदै गरिएको हो।
स्कुटरको डिजाइन, इन्जिनियरिङ र विकास प्रक्रिया नेपालमै सम्पन्न गरिएको बताइएको छ।
यात्रीले यसअघि इलेक्ट्रिक मोटरसाइकल बनाउँदै आएको भए पनि ठूलो बजार लक्षित स्कुटरका लागि सिप्रदीसँग सहकार्य गरिएको हो।
नेपाली भौगोलिक अवस्थाअनुसार मिलाउन समय लागेकाले बजारमा ल्याउने योजना केही ढिला भएको जनाइएको छ।
कम्पनीले अब नेपाली नयाँ वर्षको अवसर पारेर स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ।
उत्पादनका लागि आवश्यक प्लान्ट र पूर्वाधार तयारी भइसकेको जानकारी दिइएको छ।
Post Views: 203