बीवाइडी विश्वकै शीर्ष EV

चीनको इलेक्ट्रिक कार निर्माता बीवाइडीले सन् २०२५ मा करिब २२ लाख ६० हजार EV बिक्री गरी विश्वकै सबैभन्दा धेरै इलेक्ट्रिक कार बेच्ने कम्पनी बनेको छ।

टेस्लाको वार्षिक डेलिभरी इसालि १६ लाख ३०–६० हजार नजिक सीमित भएपनि बीवाइडीले उछिनेको बताइएको छ।

यो परिणाम चीनको ठूलो EV बजार, सरकारी समर्थन, चार्जिङ पूर्वाधार विस्तार र विविध मूल्यका मोडल उपलब्ध गराउने रणनीतिले आएको हो।

युरोप, दक्षिण–पूर्वी एसिया र ल्याटिन अमेरिका जस्ता क्षेत्रमा पनि यसको EV बेचाइ बढेको छ।

टेस्ला अझै पनि मूल्यांकनको हिसाबले शीर्ष स्थानमा रहेपनि बिक्रीका हिसाबले बीवाइडीले टेस्लालाई पछि पार्न सफल भएको देखिन्छ।

वैश्विक EV बजारमा प्रतिस्पर्धा अझै बढ्ने विश्लेषकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *