बिर्तामोडमा मोटरसाइकल दुर्घटना

झापाको बिर्तामोड–६ मा शनिबार साँझ मोटरसाइकल दुर्घटना भएको छ।

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका भद्रपुर नगरपालिका–५ का २५ वर्षीय भूपाल अधिकारी र अर्को अन्य २६ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए।

दुवैलाई बिर्तामोडस्थित अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्।

मृतक दुवैको शव अहिले अस्पतालमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *