डल्फिन ईभी बिक्री १० लाख

चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको डल्फिन विद्युतीय सवारीको विश्वव्यापी बिक्री १० लाख युनिट पुगेको छ।

यससँगै डल्फिन चीनको अटो बजारमा सबैभन्दा छिटो १० लाख बिक्री हुने ह्याचब्याक ईभी बनेको छ।

नेपालमा डल्फिन सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक गरिएको हो।

हाल यो नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये पहिलो स्थानमा छ र २५०० भन्दा बढी डल्फिन नेपाली सडकमा चलिरहेका छन्।

कम्पनीले २०२६ का लागि डल्फिनको नयाँ संस्करण परीक्षण सुरु गरिसकेको जनाएको छ, जसमा डिजाइन र ड्राइभिङ अनुभवमा सुधार गरिने अपेक्षा गरिएको छ।

डल्फिनमा ठूलो क्याबिन स्पेस, १२.८ इन्च टचस्क्रिन, आधुनिक कनेक्टिभिटी सुविधा र एड्भान्स ड्राइभर सहायता प्रणाली जस्ता विशेषता छन्, जसका कारण यो सुरक्षित र स्मार्ट पारिवारिक ईभीको रूपमा स्थापित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *