नयाँ टाटा सियरा सार्वजनिक

टाटा मोटर्सले धेरै प्रतीक्षित नयाँ मिड–साइज एसयूभी “टाटा सियरा” सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य लगभग ११.४९ लाख भारु राखिएको छ।

नयाँ सियरा आधुनिक डिजाइन, नयाँ प्लेटफर्म र उन्नत प्रविधिबाट बनेको छ। अगाडिको एलईडी डीआरएल, स्प्लिट हेडलाइट, कनेक्टेड टेललाइट र १९ इन्च अलोय ह्वीलले कारलाई आकर्षक बनाउँछन्।

भीत्र तीनवटा ठूलो स्क्रिनसहितको आधुनिक ड्यासबोर्ड, एन्ड्रोइड अटो–एप्पल कारप्ले, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, प्रिमियम अडियो सिस्टमजस्ता सुविधा छन्।

यसमा 1.5 लिटर टर्बो पेट्रोल इन्जिनसहित अन्य इन्जिन विकल्प पनि उपलब्ध छन्।

टाटा सियरा भारतमा बुकिङ जल्दै शुरु हुनेछ र डेलिभरी केही समयपछि सुरु हुने अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *