Deepal S07 ICA मा ५ वर्ष शून्य खर्च र Buy Back योजना

नेपालकै नम्बर १ लक्जरी इलेक्ट्रिक भेहिकल ब्रान्ड Deepal का आधिकारिक वितरक MAW Vriddhi ले आफ्ना प्रमुख मोडल Deepal S07 ICA मा “Buy Back Guarantee र ५ वर्षसम्म शून्य खर्च” योजना पुनः सुरु गरेको छ।

यस योजनाले ग्राहकको विश्वास बढाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यस अन्तर्गत, Deepal S07 ICA किन्दा ग्राहकले २–५ वर्षको बीचमा MAW Group बाट पूर्वनिर्धारित पुनःबिक्री मूल्य प्राप्त गर्न सक्नेछन्।

यसले EV किन्दा धेरैलाई रहेको पुनःबिक्री मूल्यको अनिश्चितताको समस्या समाधान गर्नेछ।

साथै, ५ वर्षसम्म AutoPlus Insurance, नियमित मर्मत, चार्जिङ/विद्युत् खर्च, रोड–ट्याक्स जस्ता खर्चमा ग्राहकले कुनै शुल्क तिर्नु पर्ने छैन।

यसले EV स्वामित्वलाई सहज र निःशुल्क बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

MAW Vriddhi का व्यवस्थापकीय निर्देशक विवेक सिकरिया भन्छन्, “हाम्रो उद्देश्य ग्राहकलाई EV स्वामित्व अवधिभर पूर्ण आश्वस्त राख्नु हो।

Deepal S07 ICA सहज, आधुनिक र नेपालको गतिशीलताका आवश्यकता पूरा गर्ने SUV हो।”

Deepal S07 ICA ले नयाँ डिजाइन र उन्नत प्रविधि मार्फत स्मार्ट, प्रिमियम EV अनुभव दिने कम्पनीको लक्ष्य झल्काउँछ।

Deepal App मार्फत ग्राहकले सवारीसाधन नियन्त्रण, चार्ज निगरानी, स्थान ट्र्याकिङ, ४G/५G हॉटस्पट र संगीत/नेभिगेसन सुविधा सहजै प्रयोग गर्न सक्नेछन्।

Deepal S07 ICA ले अन्य EV भन्दा फरक र उद्योगकै धेरै नवप्रवर्तन सुविधा प्रदान गर्दै नेपालमा लक्जरी EV को नयाँ मापदण्ड स्थापना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *