Skip to content
रुकुमपूर्व, भूमे गाउँपालिका–४ काँडाबगरमा शनिबार साँझ करिब ५:३० बजे अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते भएका छन्।
दुर्घटनामा अटोमा सवार ५ जना र मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन्।
घाइतेमध्ये ४३ वर्षीय कर्मकुमारी पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
अन्य सबैको स्थिति सामान्य रहेको जिल्ला प्रहरी रुकुमपूर्वले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् र थप अनुसन्धान जारी छ।
Post Views: 131