गुल्मीमा ट्याक्टर दुर्घटनामा मृत्यु

गुल्मी, मदाने गाउँपालिका–१ कचुरखर्कमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा १९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको छ।

उनी बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गर्दा उकालो बाटोमा ट्याक्टर ब्याक हुँदा ५०० मिटर तल खसेका थिए

ट्याक्टर चालक २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी टोली खटेको थियो र शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *