नवलपुरमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

नवलपुरको चोरमारा बजारमा आज दिउँसो भएको बस–मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको र दुईजना गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासीतर्फ जाँदै गरेको भारतीय बस (जेजे१४जेड ६४६) ले सोही दिशामा जाँदै गरेको मोटरसाइकल (प्रदेश ३–०२–०१० प ७२३०) लाई ठक्कर दिएको थियो।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–४ की अनिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मृतकका श्रीमान् नरेश चौधरी (नेपाल प्रहरीका सहायक हवल्दार) र १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका छन्।

उनीहरूलाई प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *