कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कपिलवस्तु नगरपालिका–९, जगदीशपुरमा शुक्रबार राति मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जगदीशपुरबाट बनगाईतर्फ जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

दुर्घटनामा बाणगंगा नगरपालिका–९, भलवाडका रमेश आचार्यको मृत्यु भएको हो। उनको शव पिपरा अस्पतालमा राखिएको छ।

मोटरसाइकलमा सँगै रहेका सुजन सुनार गम्भीर घाइते भएका छन् र अहिले बुटवलस्थित सनराइज इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *