जिली ईएक्स फाइभको लोकप्रियता बढ्दो

नेपालमा सार्वजनिक भएको दुई महिनामै जिली ईएक्स फाइभ म्याक्स र ईएक्स फाइभ प्रो नेपाली उपभोक्तामाझ निकै लोकप्रिय बनेका छन्।

गैरीधारास्थित शोरूममा ग्राहकको भीड बढ्दै जाँदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको छ।

विश्वप्रसिद्ध जिली अटोमोबाइल ग्रुपप्रतिको नेपाली उपभोक्ताको विश्वास झल्काएको एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए।

उनीका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स फाइभको स्मुथ परफर्मेन्स, स्मार्ट डिजाइन र आधुनिक प्रविधिको प्रशंसा गरेका छन्।

धेरै ग्राहकहरूले यसलाई २०२५ को सबैभन्दा चर्चित ईभी एसयुभी मध्ये एक मानेका छन्।

एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीका अनुसार, नेपाली उपभोक्ताको उत्साहले जिली ग्रुपप्रतिको रुचि अझ बढेको छ।

बढ्दो मागका कारण कम्पनीले शोरूम समय विस्तार गरी बिहान ९ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्ने र बिदामा पनि खुला राख्ने निर्णय गरेको छ।

त्यस्तै, कम्पनीले फेस्टिभ अफर घोषणा गर्दै नयाँ खरिदकर्तालाई आकर्षक नगद छुट, निःशुल्क बीमा, सजिलो फाइनान्स, एक्सचेन्ज सुविधा र उपहार प्याकज उपलब्ध गराउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *