Skip to content
असोज १८ को भारी वर्षापछि पहिरोले अवरुद्ध बनेको मेची राजमार्गको राजदुवाली खण्ड तत्काल खुल्ने अवस्था नरहेको छ।
भू-संरचनाको जटिलताका कारण सडक मर्मत र पुनर्निर्माणका काम फिलहाल स्थगित राखिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।
उक्त अवरुद्ध खण्डले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या पारेको छ।
साना सवारीका लागि वैकल्पिक मार्ग चालु भएको छ — तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोल मार्ग प्रयोग गर्ने तयारी भइरहेको छ।
तर ठूला सवारीका लागि अझै उपयुक्त वैकल्पिक मार्ग खोज्न नसकिने अवस्था रहेको छ।
सडक डिभिजन कार्यालयले राजदुवाली खण्ड पुनर्निर्माण काम स्थगित भएको सूचना दिएको छ।
त्यस्तै, स्थानीयले पुवाखोलामा काठको मोटरेबल पुल निर्माण गरी सवारी सञ्चाल सुरुङ्ग बनाउन थालेका छन्।
Post Views: 183