नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु ग्रुपले काठमाडौंको गैरीधारा र देशभरका अधिकृत शोरूमहरूमा आयोजना गरेको चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ।
पाँच दिनसम्म चलेको यस मेलाले ग्राहकबाट असाधारण प्रतिक्रिया पाएको आयोजकले जनाएको छ।
मेलाको अन्तिम दिन पनि ठूलो संख्यामा ग्राहकहरूको उपस्थिति रह्यो। सहभागीहरूले आफ्ना पुराना गाडी साटेर नवीनतम प्रविधियुक्त विद्युतीय सवारी (EV) खरिद गर्ने अवसर पाएका थिए।
विशेषगरी दिपल, अवतार, नामी र सेरेसका स्टलहरूमा उल्लेखनीय भीड देखियो। सहभागीहरूले नेपालका शीर्ष रीकन्डिसन हाउसबाट पुराना गाडीको मूल्यांकन गराई नयाँ EV खरिद गरेका थिए।
ग्राहकहरूले १५ लाख रुपैयाँसम्मको बोनस र नगद छुट पाएका थिए। बुकिङ गर्ने जोडीले नगरकोटको प्रिमियम रिसोर्टमा नाइट स्टे अफर पनि जिते।
मेलामा पहिलो पटक प्रदर्शन गरिएको अल्ट्रा प्रिमियम EV ‘अवतार’ को टेस्ट ड्राइभले पनि धेरैको ध्यान खिच्यो।
रोबोटिक गतिविधि, रेसिङ सिमुलेटर र बालबालिकाका रमाइला खेलहरूले मेलालाई पारिवारिक र मनोरञ्जनपूर्ण बनाएका थिए।
एमएडब्लु ग्रुपले यस कार्निभलले नेपाली EV बजारमा नयाँ उत्साह र विश्वास जगाएको जनाएको छ।
कार्यक्रमपछि आयोजकले सबै ग्राहक, साझेदार र संचार माध्यमलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता ग्राहकमैत्री कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।