बिपी राजमार्ग अस्थायी सञ्चालनमा

एक साताअघिको बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार साँझदेखि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङका अनुसार चौकीडाँडादेखि नेपालथोकसम्मको अवरोध हटाई अस्थायी डाइभर्सन तयार गरिएको छ।

बाढीले क्षति पु-याएको करिब चार किलोमिटर सडकमा तत्काल मर्मत र डाइभर्सन निर्माण पूरा भएको छ।

सडक डिभिजन कार्यालय खाल्टेका अनुसार नेपालथोक, बालुवा र आँपघारी क्षेत्रमा अस्थायी सडक निर्माण सकिएपछि बर्दीबास–सिन्धुली–खुर्कोट–बर्खे खोलासम्म सवारी सञ्चालन सहज रूपमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *