Skip to content
सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाइलनजिक बिहीबार बिहान गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ।
विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बस (ना.७ख २६५) बाट खसेका लहान–१ का २१ वर्षीय पवनकुमार यादवलाई बसको पछाडिको चक्काले किचेको थियो।
गम्भीर घाइते यादवलाई उपचारका लागि लहान अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटना भएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।
Post Views: 155