देशभर सडक–पुलमा ठूलो क्षति

असोज १७ देखि १९ गतेसम्म परेको लगातार वर्षाले देशभरका सडक र पुलमा ठूलो क्षति पुर्‍याएको छ।

सडक विभागका अनुसार मुख्य सडक र पुलमा मात्रै करिब ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

जसमा सडकमा ७ अर्ब र पुलमा ९१ करोड रुपैयाँको क्षति पुगेको हो।

बीपी राजमार्गसहितका धेरै राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्, जसले यातायात र सामान ढुवानीमा समस्या ल्याएको छ।

विभागले पुनर्निर्माणका लागि करिब १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ।

अहिले ९ वटा राजमार्ग पूर्णरूपमा बन्द छन् र पुनर्स्थापना कार्य तीव्र रूपमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *