सरकारी गाडी प्रयोगको विवरण माग

अर्थ मन्त्रालयले सरकारी गाडी प्रयोग गर्ने सबै कर्मचारी र पदाधिकारीको विवरण माग गरेको छ।

सोमबार सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्र पठाउँदै ७ दिनभित्र विवरण पठाउन निर्देशन दिएको हो।

यो विवरण सवारी सुविधा व्यवस्थापनका नयाँ मापदण्ड तयार गर्नका लागि माग गरिएको हो।

मन्त्रालयले गाडी प्रयोग गर्ने व्यक्तिको नाम, पद, गाडीको मोडेल र निर्माण वर्ष उल्लेख गर्न भनेको छ।

त्यसैगरी, सबै कार्यालयका गाडीहरूको प्रकार र निर्माण वर्षका विवरण पनि मागिएको छ।

सवारी चालकहरूको हकमा उनीहरूको नियुक्ति स्थायी वा करार हो भनेर छुट्याई संख्यात्मक विवरण पठाउन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *