तनहुँ जिल्लाका स्थानीय तहहरूले एक वर्षको अवधिमा करिब १५ किलोमिटर सडक कालोपत्र गरेका छन्।
गत आर्थिक वर्षमा जिल्लाका ६ गाउँपालिकाले १५.६२ किलोमिटर सडक कालोपत्र गर्दै ३८.५५ किलोमिटर नयाँ सडक ट्रयाक पनि खोलेका छन्।
म्याग्दे गाउँपालिकाले १.५ किलोमिटर सडक कालोपत्र र २.५५ किलोमिटर नयाँ ट्रयाक खोलेको छ। व्यास नगरपालिकाले ३.९४ किलोमिटर कालोपत्र र ९ किलोमिटर नयाँ ट्रयाक निर्माण गरेको छ।
ऋषिङ गाउँपालिकाले १ किलोमिटर कालोपत्र र ५ किलोमिटर नयाँ सडक खोलेको छ भने बन्दीपुर गाउँपालिकाले ४ किलोमिटर सडक कालोपत्र र १८ किलोमिटर ट्रयाक निर्माण गरेको छ।
घिरिङ गाउँपालिकाले १ किलोमिटर सडक कालोपत्र र आँबुखैरेनी गाउँपालिकाले ४.६३ किलोमिटर कालोपत्र गरेको छन्।
यी सबै पालिकाले पुल निर्माण, ग्राभेल र अन्य सडक सुधारका काम पनि अगाडि बढाएका छन्।