जेसिबी नेपाल–इँटा उद्योग सहकार्य

नेपालमा जेसिबी मेसिनको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले नेपाल इँटा उद्योग महासंघ (FNBI) को १७औं वार्षिक साधारण सभा (AGM) लाई प्रायोजन गरेको छ।

कार्यक्रम भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो।

जेसिबी नेपालले इँटा उद्योगको आधुनिकीकरणमा सहयोग गर्ने उद्देश्यका साथ AGM मा सहभागिता जनाएको हो।

कार्यक्रममा कम्पनीले ११ मिटर क्षमताको JCB Telehandler 530-110 प्रदर्शनीमा राख्यो, जसले इँटा उद्योगका लागि लोड, थुपार्ने र ढुवानीमा दक्ष प्रदर्शन गर्ने बताइएको छ।

यस AGM ले जेसिबी नेपाललाई इँटा उद्योगका सरोकारवाला र व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिएको छ।

कम्पनीले आफ्नो गुणस्तरीय मेसिनरी, आधुनिक समाधान र भरपर्दो सेवामार्फत इँटा उद्योगलाई सशक्त बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *