सोकोन ईभी भ्यानमा दशैं अफर

सोकोन नेपालले दशैंलाई विशेष बनाउन ईभी भ्यान खरिदकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ।

नयाँ भ्यान खरिद गर्दा ग्राहकले यामाहा मोटरसाइकल, टेलिभिजन, वासिङ मेसिनजस्ता उपहार पाउनेछन्।

साथै बुकिङ गर्दा सामसुङ ग्यालेक्सी ए०७ मोबाइल निःशुल्क पाइनेछ।

अफरअन्तर्गत १ वर्षको फुल–इन्स्योरेन्स (अटो प्लस), क्यासलेस इन्स्योरेन्स र यस आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स कम्पनीले नै व्यहोर्नेछ।

यसले चाडपर्वमा ग्राहकलाई सजिलो र निश्चिन्त अनुभव दिने लक्ष्य राखिएको छ।

सोकोनले यस अफरमार्फत दिगो यातायातसँगै दशैं रमाइलो बनाउन योगदान गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *