नेपाल बैंक–हुन्डाई सम्झौता

नेपाल बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले लक्ष्मी इन्टरकन्टिनेन्टलका शाखाबाट हुन्डाई गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन्।

सम्झौता बमोजिम, कम्पनीले दिएको नियमित छुट बाहेक अतिरिक्त ५० हजारदेखि ८१ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *