नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार अस्पतालले संघका सदस्य तथा उनका परिवारको नियमित स्वास्थ्य परीक्षण गर्नेछ।
सम्झौतापत्र विजयादशमी, दीपावली, म्हःपूजा, नेपाल संवत र छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा हस्ताक्षर गरिएको हो।
सो कार्यक्रममा सदस्यको जीवन तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै बीमा सेवा सञ्चालनका लागि सन नेपाल लाइफ इन्स्योरेन्स र सलीको इन्स्योरेन्सबीच सैद्धान्तिक सहमति भएको घोषणा पनि गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्णप्रसाद अधिकारीले अटो व्यवसायीले आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै अझ जिम्मेवार बन्न आग्रह गरे।
अध्यक्ष रमेश कोइरालाले आपसी भाईचारा, सहकार्य र एकताको महत्व औंल्याउँदै सदस्यहरूको सहकार्य अपरिहार्य रहेको बताए।
कानुनी सल्लाहकार रुद्र ढुङ्गेलले स्वास्थ्य परीक्षण प्याकेज र बीमा सुविधासहित आगामी दिनमा सञ्चालन हुने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै पारदर्शिता र सहकार्यलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रम महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए।