व्यापारी बैंक संघको १६औँ वार्षिक सभा सम्पन्न

नेपाल व्यापारी बैंक संघ (MBAN) ले आफ्नो १६औँ वार्षिक साधारण सभा काठमाडौंको अलफ्ट होटलमा सम्पन्न गरेको छ।

सभामा सबै व्यापारी बैंकका प्रतिनिधिहरू सहभागी थिए।

सभाले २०८१/८२ सालको गतिविधि समीक्षा गर्दै २०८२/८३ सालका कार्यक्रम र बजेट पारित गर्‍यो।

साथै, हालका चुनौती, नीति तथा रणनीतिबारे छलफल गर्दै संघको विधान संशोधनसमेत गरिएको छ।

सदस्यहरूको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दै संघले नैतिक अभ्यास, व्यवसायिकता र दिगो वृद्धि प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

कार्यक्रममा आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *