स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ डिलाइट २०८२’ अभियान सुरु गरेको छ।
“फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यस अभियानमा ग्राहकले नयाँ गाडी खरिद गर्दा विशेष सुविधा र आकर्षक पुरस्कार पाउनेछन्।
अभियानअनुसार, स्कोडाका कुनै पनि मोडल खरिद गर्दा २०% डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट, साथै कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अद्वितीय मौका ग्राहकले पाउनेछन्।
स्कोडाले यस अफरमार्फत नेपाली ग्राहकलाई प्रिमियम ड्राइभिङ अनुभवसँगै चाडपर्वलाई अझ रमाइलो बनाउन प्रयास गरेको छ। सबै अधिकृत स्कोडा सोरूममार्फत बुकिङ खुला गरिएको छ।