Skip to content
नेपाल व्यापारी बैंक संघ (MBAN) ले आफ्नो १६औँ वार्षिक साधारण सभा काठमाडौंको अलफ्ट होटलमा सम्पन्न गरेको छ।
सभामा सबै व्यापारी बैंकका प्रतिनिधिहरू सहभागी थिए।
सभाले २०८१/८२ सालको गतिविधि समीक्षा गर्दै २०८२/८३ सालका कार्यक्रम र बजेट पारित गर्यो।
साथै, हालका चुनौती, नीति तथा रणनीतिबारे छलफल गर्दै संघको विधान संशोधनसमेत गरिएको छ।
सदस्यहरूको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दै संघले नैतिक अभ्यास, व्यवसायिकता र दिगो वृद्धि प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
कार्यक्रममा आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी तोकिएको छ।
Post Views: 146