चाडपर्व बस टिकट बुकिङ

चाडपर्वलाई ध्यानमा राखी पर्यटकीय गन्तव्यतर्फ जाने यात्रुका लागि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले यात्रुहरूले सुरक्षित र भरपर्दो यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट खुला गरेको हो।

टिवानका अध्यक्ष भीष्म न्यौपानेका अनुसार काठमाडौं, पोखरा, सौराहा लगायत गन्तव्यमा जाने यात्रुहरूलाई सहज बनाउन यो व्यवस्था गरिएको हो।

बस टिकट खल्ती र इसेवा जस्ता अनलाइन माध्यममार्फत पनि काट्न सकिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *