यामाहा नेपालले आफ्नो दशैं–तिहार अफर ‘राइड द ब्लू विद रोडिज’ अन्तर्गत पहिलो साप्ताहिक लक्की ड्रको विजेता घोषणा गरेको छ।
असोज २ गते काठमाडौंको जय नेपाल सिनेमा हलमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए।
यो साता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन्। यामाहाले दशैं अभियानमार्फत निरन्तर ग्राहकलाई खुसी दिन नयाँ अफर ल्याउँदै आएको छ।
यस अफरमा रहेका मुख्य सुविधा:
बाइक खरिदअघि अधिकतम १ लाख रुपैयाँ नगद उपहार
बाइक खरिदपछि अधिकतम १० लाख रुपैयाँसम्म नगद उपहार
प्रत्येक सातामा १ बाइक लक्की ड्रमार्फत
नि:शुल्क हेलमेट, ४ एडिसनल सर्भिस कुपन
पार्ट्स र ल्युबमा ५% छुट
स्पट एक्सचेन्ज, सजिलो फाइनान्स र ०% ब्याजसहित ईएमआई सुविधा
यामाहा नेपालले यो अभियानमार्फत ग्राहकलाई थ्रिल, स्टाइल र पर्फर्मेन्सको अनुभव लिन आमन्त्रण गरेको छ।