काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल (मेला)’ सुरु भएको छ। नेपालका लागि बजाजका आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी ले यो कार्यक्रम आयोजना गरेको हो।
मेलामा ग्राहकले जोसुकै ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटर लिएर आएर बजाजका नयाँ मोटरसाइकलसँग साट्न सक्नेछन्।
उत्कृष्ट मूल्याङ्कनका लागि २२ भन्दा बढी मूल्याङ्कनकर्ता (भ्यालुयटर्स) राखिएको छ र एक्सचेन्जमा थप १० हजार रुपैयाँ बोनस दिइने व्यवस्था छ।
यदि ल्याइएको पुरानो सवारीमा धेरै वर्षको कर वा जरिवाना बाँकी छ भने त्यसको तिर्नुपर्ने रकम पनि कम्पनीले नै व्यहोर्ने जनाएको छ।
साथै, मेलामा हरेक दिन मोटरसाइकल किन्ने एउटा भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।